BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    मकै पकेट क्षेत्रका कृषकलाई सामग्री हस्तान्तरण

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, जाजरकोट । मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ ।

    भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गर्नुभएको हो । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको हो । ३१ सेटमा रहेका १०५ वटा मकैको बीउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रायेग गरिने त्रिपाल कृषकलाई हस्तान्तरण गरिएको छ ।

    मकै पकेट सञ्चालक समिति, तिमिलेका कृषकले १० हेक्टर जमीनमा अढाई क्विन्टल मकैको मूल बीउ रोपेका छन् ।

    बीउ उत्पादन राम्रो भए अन्य जिल्लामा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख यज्ञबहादुर अधिकारीले बताए । तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकाले लक्ष्यअनुसारको मकैको बीउ उत्पादन हुने उनले विश्वास गरे ।

    यसैबीच, मकै बीउ उत्पादनसम्बन्धी स्थलगत तालीम मंगलबार तिमिलेमा सम्पन्न भएको छ । मकै पकेट सञ्चालक समितिमा आबद्ध कृषकलाई उक्त तालीम दिइएको हो । मकैको मूल बीउ रोपेका कृषकलाई यसको रेखदेख गर्न तालीम दिइएको निमित्त प्रमुख तथा कृषि प्राविधिक अधिकारीले जानकारी दिए ।

    कृषि प्राविधिक गाउँमै आएर मकैको गोडमेल गर्ने तरिका, झारपात हटाउनेलगायतको प्राविधिक कुरा सिकाएकोमा मकै पकेट क्षेत्र तिमिलेका संयोजक ललित खत्रीले खुशी व्यक्त गरे ।

    ६२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad