BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गीत

    हाम्रो सुदिन

    व्याकुल पाठक,  काठमाण्डाै नेपाल, हाल न्यू योर्क अमेरिकाजेठ ३१, २०७५

    हाम्रो सुदिन आउने अब आशै हरायो
    मुस्कुराइरहने यी ओठमा हाँसै हरायो ।

    उत्तम थियो परिवार, घर स्वर्गतुल्य
    त्यो थलोमा बिताएका हरक्षण अमूल्य
    संसारकै सुन्दर हाम्रो बासै हरायो
    मुस्कुराइरहने यी ओठमा हाँसै हरायो ।

    आफ्नाहरू जहाँ हुन्छन् त्यहीं रमाइलो
    धुम्मिएकै आकाश पनि लाग्छ घमाइलो
    मिष्टान्नमा पनि मीठो गाँसै हरायो
    मुस्कुराइरहने यी ओठमा हाँसै हरायो ।।

    इति

    १६२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad