BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    नेपाली युवाले खोले ओमानको सललाहमा सुपरमार्केट

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ओमानको सललाहमा नेपाली युवाले सुपरमार्केट सञ्चालनमा ल्याएका छन् ।
    नवलपरासी देवचुलीका नगरपालिका ४ दुमर्कालीका डि बि राना भाट र १ केराउनीका ऋषिराम शर्माको संयुक्त लगानीमा झण्डै ६५ लाख लगानीमा उक्त सुपरमार्केट सञ्चालनमा ल्याइएको हो ।


    उक्त सुपरमार्केटमा अन्य सुपरमार्केटमा जस्तै खाद्यान्न, इलेक्ट्रिोनिक बच्चाको खेलौना लगायतका समानहरु पाइने पनि संचालक डि. बि राना भाटले जनाए ।
    सललाहमा झण्डै ८ हजारको संख्यामा रहेका नेपालीलाई लक्षित गरेर विभिन्न सामग्रीहरु राखिने समेत रानाभाटले बताएका छन् । राना भाट व्युटिपार्लर संचालक समेत हुन् ।


    मइ ११ का दिन गरिएको उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए (नेपाली सोसल क्लब) सललाहका अध्यक्ष टिका दाहाल, एनआरएनए सललाहका प्रतिनिधि महेन्द्र संडौला लगायत सललाहमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीको उल्लेख्य उपस्थिति रहेको थियो ।


    ओमानको मस्कट तथा सललाहमा यसअघि नेपालीको रेष्टुरेण्टलगायत अन्य व्यवसाय संचालनमा आएको भएपनि सुपरमार्केट पहिलोपटक खोलिएको पनि सललाहमै बिनदोनी रेष्टुरेण्ट संचालन गर्दै आएका चन्द्र कुमार सुनुवारले बताएका छन् ।

    १६८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad