BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    फुटबलको महाकुम्भ शुरु

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५


    काठमाडौँ, ३१ जेठ । फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिता आजबाट सुरु भएको छ । उदद्घाटन भए लगत्तै आयोजक रुस र साउदी अरेबिया बीच प्रतिस्पर्धा सुरु भएको छ ।

    रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन सुरु भएको थियो ।  भने उद्घाटन लगत्तै रसिया र साउदी बीच प्रतिस्पर्धा सुरु भएको छ । रसिया रातो जर्सीमा रहेको छ भने साउदी अरेबिया हरियो जर्सीमा मैदानमा छ । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् ।

    त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

    ७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad