BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेविसंघको राँके जुलुस

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    सरकारले अवैधानिक तरिकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको आरोप लगाउदै नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले विरोध स्वरुप राँके जुलुस निकालेको छ ।
    पश्चिमाञ्चल क्याम्पस ईकाईका सभापति अमन भुसालको नेतृत्व तथा नेविसंघ कास्कीका नेताहरु अञ्जन थापा, पशुपति भट्टराई विनय पौडेल लगायतका विद्यार्थी नेताहरुको उपस्थितीमा नेविसंघले राँके जुलुस निकालेको हो । पश्चिमाञ्चल क्याम्पस गेट बाट सुरु भएको उक्त जुलुस लामाचौर हुँदै पुनः पश्चिमाञ्चल क्याम्पस गेटमा आएर कोण सभामा परिणत भएको थियो ।
    कोण सभालाई सम्बोधन गर्दै ईकाई सभापति भुसालले केपि ओली नेतृत्वको वर्तमान सरकारले अवैधानिक तरिकाले मूल्य वृद्धि गरेर जनताको ढाँड सेकेको बताउदै तत्काल मूल्य फिर्ता लिन माग गरे ।
    नेविसंघले सरकारका पछिल्ला गतिविधिहरु जनतालाई सास्ती दिने तथा सर्वसाधरणको अधिकार कुण्ठित गरेर अधिनायकवाद तर्फ उन्मुख भएको समेत आरोप लगाएको छ । सरकारले पछिल्लो समय खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने समेत नेविसंघले चेतावनी दिएको छ ।

    २०९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad