BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    सब्स्टीच्युट खेलाडी चेरिसेभको शानदार प्रदर्शन सँगै विश्वकपमा आयोजक रसियाको शानदार सुरुआत

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    आयोजक रसियाले विश्व कपमा शान्दार सुरुआत गरेको छ । रसियाको राजधानी मस्को स्थित लुझिन्स्की रंगशालामा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५ –०  गोल अन्तरले पराजित गरेको हो ।
    पहिलो हाफको १२ औं मिनेटमा युरी गजिन्सकीको उत्कृष्ट हेड गोलबाट अग्रता लिएको आयोजक रसियाको लागि सब्स्टीच्युट खेलाडी डेनिस चेरसेभले खेलको ४३ औं मिनेटमा गोल गर्दै रसियाको अग्रता दोब्बर पारेका थिए । उनी ३१ मिनेटमा घाईते भएका आला जोगोईभको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै खेलको ७१ औं मिनेटमा रसियाका अर्तेम डेजुवाले गोल गर्दै रसियालाई ३–० को स्थितिमा पु¥याए । ईन्जुरी समयको अन्तिम मिनेटमा डेनिस चेरिसेभले व्याक्तिगत दोस्रो गोल गर्दै रसियालाई ४–० को स्थितीमा पु¥याए । चौथो गोल गरेको ३० सिकेन्ड भित्रमा ग्लोसोभले गोल  गरेसँगै अन्ततः रसिया ५ – ० गोल अन्तरले विजयी भयो ।
    जित सँगै आयोजक रसियाले समुह ए मा ३ अंक जोडेको छ ।

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad