BizPati

  • Ad
  • आज : २०७५ कार्तिक २८ गते
    Headlines :

    सातौं घर जग्गा मेलामा सिभिल होम्सको स्किम, सैतिसलाख मै घर !

    संसार न्यूज संवाददाताआषाढ १, २०७५


    १ असार काठमाडौँ । १८ बर्ष अगाडी २०५७ सालमा स्थापना भएको सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्सले २०७५ असार १ गते देखि ५ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा सुरु हुन गइरहेको सातौं घरजग्गा मेलामा बिभिन्न योजनाहरु ल्याएकोछ । जस अन्तर्गत फेज ७ सितापाइला र फेज ९ गोदावारीका घरहमा बम्पर उपहार, धापाखेलको निर्माणाधीन फेज ४ को “ए” एपार्टमेन्टको बिक्रिको सुरुवात साथै न्युनतम मूल्य सैंतीस लाखमा बिक्रि खुल्ला तथा अन्य बिभिन्न आकर्षक स्किमहरु सहित उपस्थित हुने कुरा बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत होम्सले योजना सार्बजनिक गरेको हो । स्थापनाको यो अबधिमा सिभिल ग्रुपले सिभिल सेभिङ्ग, सिभिल होम्स, सिभिल बैंक, सिभिल स्टेट्स, सिभिल आर.एम.सि. लगायतका दर्जन भन्दा बढी संस्थाहरु मार्फत स्मरणीय भूमिका निभाउँदै आएको जनाएकोछ ।
    “ हाउजिङ्ग भनेकै सिभिल होम्स्ः सिभिल होम्सको आफ्नै संसार” भन्ने नारा सहित सिभिल होम्सले अहिले पहिलो फेजमा भैंसेपाटी बाट सुरु भएको यात्रा कलंकी तीनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, रामकोट–सितापाइला हुँर्दै अहिले नवौ फेज गोदावारीमा पुगेकोछ । यस्तै काठमाडौंको सुन्धारामा रहेको सिभिलम ल, सि.टी.सी. मल, सिभिल लक्जरीका साथै धापाखेलमा रहेको सिभिल अपार्टमेन्ट आफ्नै महत्वमा उभिएको पनि जनाएकोछ साथै यस ग्रुपले पहिलो पटक अत्याधुनिक प्रबिधि र क्षमता युक्त सिभिल रेडिमिक्स कंक्रिट तथा प्रिकास्ट उद्योग पनि सन्चालनमा ल्याएकोछ, पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा जनाईएकोछ ।

    ५८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad