BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव

    संसार न्यूज संवाददाताआषाढ २, २०७५

     

    २ असार,  रौतहट । पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिएका छन् ।

    गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुुझाव दिएका हुन् ।

    देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुुईतिहाईको शक्ति नदेखाउन समेत उनले सरकारलाई सुुझाव दिए ।

    वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरूलाई आग्रह गरे ।

    ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उनले प्रदेश नं. २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गरे ।

    गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गरे । (रासस)

    २६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad