BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    जातीय संग्रहालय स्थापना गरिने

    संसार न्यूज संवाददाताआषाढ २, २०७५

     

    २ असार, उर्लावारी, मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपालमा बसोबास गर्ने १२५ जातजातिको सम्मान र संरक्षण गर्न जिल्लाका पथरी शनिश्चरेमा बृहत् जातीय संग्रहालय स्थापना गर्ने बताएका छन् ।

    आज उर्लाबारी–३ स्थित धिमाल जाति विकास केन्द्रले आयोजना गरेको ‘जातिरी–सिरिजात तथा सांस्कृतिक कार्यक्रम–२०७५’ को समापन गर्दै उनले जातीय सद्भाव कायम गर्न र जातीय पहिचानको जगेर्ना गर्न पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी बसोबास गर्दै आएको सयौँ बिगाहा जमिनमा संग्रहालय निर्माण गर्ने निर्णय गरिएको बताए ।

    भुटानी शरणार्थी विभिन्न मुलुकमा पुर्नवास भइसकेपछि हाल सो जमिन खाली रहँदै गएको छ ।

    कार्यक्रममा धिमाल समुदायबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र युुवा समाजसेवी दमक–४ का रकी धिमाल र उर्लाबारीका गायिका रवीना धिमाललाई सम्मान गरिएको थियो । धिमाल समुदायको जात्री पर्व गत वैशाख २ गते शुरु भई आज समापन भएको केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए । (रासस)

    ५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad