BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    सेज सञ्चालन गर्न बिजुलीले रोकिनु पर्दैन– कार्यकारी निर्देशक घिसिङ

    संसार न्यूज संवाददाताआषाढ ३, २०७५

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवामा स्थापना गरिएको विशेष औद्योगिक क्षेत्र (सेज) सञ्चालनको लागि चाहिने जति विद्युत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    सेजले राजधानीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै निर्देशक घिसिङले भने ‘विद्युतको अभावमा सेज सञ्चालन भएन भन्ने भ्रम आजै देखि हटाउनुस, प्राधिकरण उद्योग सञ्चालनलाई आवश्यक विद्युत दिन तयार छ’ । निर्देशक घिसिङले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिववद्धता गरेको स्पष्ट पारे ।
    प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको निर्देशक घिसिङले बताए ।
    सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ७ अर्ब ७६ करोड बजेट छुट्याएको छ । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट ५५ सय रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ ।

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad