BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    प्रहरीकै अगाडि जोडिले गरे आत्महत्या

    संसार न्यूज संवाददाताआषाढ ४, २०७५

    ४ जेठ, प्युठान । हाडनाताभित्रै प्रेम सम्बन्ध राखेको भन्दै अभिभावकहरुले प्रहरीमा उजुरी दिएपछि एक जोडीले प्रहरीकै अगाडि आत्महत्या गरेका छन् । झिमरुक गाउपालिका ५ ओखरकोट नेपाने प्युठानका २३ वर्षे शिरबहादुर जिसी र १७ वर्षीया श्रृष्टि जोशीले पे्रम सम्बन्ध राखी विवाह गरेको थाहा पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय मच्छीमा उजुरी दिएका थिए ।
    गाउमै रहेका शिरबहादुर नेपालगन्जमा १२ कक्षामा पढ्दै गरेकी प्रेमिकालाई भेट्न गएका थिए । कृष्णनगर हुँदै भारत जाने क्रममा अभिभावकले प्रहरीलाई खबर गरेपछि सिमानाबाट माइती नेपालले उनीहरुलाई प्युठान फर्काइदिएको थियो । दुवै पक्षबीच इलाका प्रहरी कार्यालय मच्छीमा छलफल भएको थियो । तर, छलफल टुंगोमा नपुगेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खलंगा लगियो ।
    इलाका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन शाहले एक प्रहरी जवानको जिम्मा लगाएर केटा÷केटीलाई पठाएका थिए । प्रहरीसँगै सदरमुकाम आउँदै गरेका जोडिले विष सेवन गरी आत्महत्या गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।
    खलंगास्थित खानेपानी चोकमा ओर्लेर पानी पिएका जोडी प्रहरी कार्यालयमै लडेका थिए । प्रहरीले अस्पताल पुर्याए पनि उनीहरुको मृत्यु भएको छ ।

    ६७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad