BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    दैनिक २ लाख लिटर दूधलाई बजार छैन

    संसार न्यूज संवाददाताआषाढ ४, २०७५

    ४ जेठ, काठमाडौं । किसानले उत्पादन गरेको दूधमध्ये झण्डै २ लाख लिटर दूधले अझै पनि बजार पाएका छैनन् । अहिले दैनिक ५० लाख लिटर दूध उत्पादन भइरहेको छ । त्यसमध्ये २५ लाख लिटर किसान आफैले उपभोग गर्छन् । करिब १८ लाख लिटर अनौपचारिक क्षेत्रमा खपत हुन्छ, जसको कुनै तथ्यांक नै छैन । ७ लाख लिटर डेरी उद्योगहरुका लागि सहकारी तथा चिस्यान केन्द्रहरुमा संकलन हुन्छ । तर, डेरी उद्योगले दैनिक ५ लाख लिटर दूधमात्रै लिइरहेका छन् । यो तथ्यांक अनुसार दैनिक २ लाख लिटर दूधले बजार नपाएको आजको नयाँपत्रिका दैनिकले लेखेको छ । डेरी उद्योगले संकलन गर्ने ५ लाख मध्ये सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डिडिसी)ले दैनिक २ लाख लिटरसम्म उठाइरहेको छ । संस्थानका निमित्त महाप्रबन्धक ईश्वर न्यौपानेले गत वर्षको तुलनामा दोब्बर दूध संकलन गरिरहेको बताए ।

    ८२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad