BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    प्रमाणपत्र धितो राखेर ऋण लिनका लागि व्यवसायिक योजना पठाइहाल्नुस्

    संसार न्यूज संवाददाताआषाढ ४, २०७५

    ४ असार, काठमाडौं । तपाईसँग स्नातक तथा वा सो भन्दा माथि र प्राविधिक शिक्षामा प्राविधिक डिप्लोमा वा सो सरहको प्रमाणपत्र छ भने व्यवसायिक योजना (बिजनेस प्लान) सहित पेस गरिहाल्नुस् ।
    राष्ट्रिय युवा परिषद्को २०७४\७५ को बार्षिक कार्यक्रम अनुसार १६ देखि ४० वर्ष उमेर समुहका युवा तथा युवा समूहका देशैभरीका ३५ जना साधारण शिक्षामा प्रमाणपत्र हासिल गरेकाहरुलाई प्रमाणपत्र धितो राखी उद्यम गर्नका लागि ‘बिजनेस प्लान’ पेस गर्न आग्रह गरिएको छ ।
    परिषद्का अनुसार बेरोजगार रहेका शिक्षित युवालाई उनीहरुले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी उद्यम सञ्चालन गरी स्वरोजगार बन्न ऋण उपलब्ध गराउन युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशका, २०७५ बमोजिम बिना ब्याज रु २ लाख सम्म ऋण प्रवाह गरिने बताइएको छ ।
    उक्त ऋणका लागि यी योग्यता पुरा भएका युवाले आफ्नो व्यासायिक योजना सहित जिल्ला युवा समितिको कार्यालयमार्फत वा सोझै राष्ट्रिय युवा परिषद्को कार्यालयमा १९ असारभित्र विभिन्न कागजातसहित निवेदन पेस गरिसक्नु पर्ने जनाइएको छ ।

    निवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरु
    १-नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

    २-शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
    ३-चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

    ४-लक्षित समुह खुल्ने प्रमाणपत्रको प्रतिलिपि

    ५-पछिल्लोपटक अध्ययन गरेको शिक्षण संस्थाको सिफारीस
    ६-उद्यम सञ्चालन हुने स्थानीयतहको सिफारीस
    ७-समूहमा उद्यम सञ्चालन गर्ने भए संस्था दर्ता, नवीकरण, प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

    त्यस्तै विस्तृत जानकारीका लागि www.nyc.gov.np  मा पनि हेर्न सकिने छ ।

    १९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad