BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    फिनल्याण्डमा कार्यरत नेपाली युवाले खोले नेपालमा ‘क्यु मार्ट’

    फर्शुराम भुर्तेलआषाढ ४, २०७५

    ४ असार, काठमाडौं । फिनल्याण्डमा कार्यरत नेपाली युवाको समुहले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा क्युमार्ट सुपरमार्केट सञ्चालन गरेका छन् ।
    कागेश्वरी मनहरा नगरपालिका ९ को सनसिटी चोकमा रहेको सहारा कम्पेल्क्समा असार २ गतेदेखि औपचारिक रुपमा सञ्चालन गरिएको उक्त क्यु मार्टको नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् ।


    फिनल्याण्डमा कार्यरत जगन्नाथ काफ्ले, सुदीपभुषण अर्याल, विकास बस्नेत, श्रवण खनाल तथा स्थानीय प्रज्वल खड्काको समुहले २ करोडको लगानीमा उक्त मार्ट स्थापना गरेको हो ।


    क्युमार्टमा एक सुपरमार्केट तथा अन्य सटरमा बुटिक, रेष्टुरेण्ट, डेरी लगायत रहेका छन् । मार्टमा अन्य सुपरमार्केटमा जस्तै सबै समान पाइने पनि लगानीकर्तामध्येका जगन्नाथ काफ्लेले बताए ।


    फिनल्याण्डमा सन् २०१२ देखि क्यु मार्टमार्फत डिलरसीपको काम गरिरहेको सोहि समुहले नेपालका लागि पनि केही गर्नुपर्छ भन्ने उद्धेश्य लिएर सुपरमार्केट स्थापना गरिएको तथा सोहि समुहले कृषि, शिक्षा लगायतका क्षेत्रमा पनि काम गर्दै जाने पनि काफ्लेले जानकारी दिए ।


    नेपालमा केही गर्छु भनेर लगानी गरेका उनीहरुले नेपालमा हरेक क्षेत्रमा समस्या र चुनौतिहरु रहेको बताए । ‘हाम्रोमा भ्याट बाहेकका कुनै पनि समान राखेका छैनौं । यहाँ त ठूला अनि नाम चलेका खाद्य कम्पनीले पनि सरकारलाई ट्याक्स छलि गरेको पाइयो । हामीले भ्याट बिल देउ भन्दा मान्दैनन्, उल्टै व्यवसाय धरासायी बनाइदिन्छु भनेका छन् ।’ अर्का लगानीकर्ता सुदिपभूषण अर्यालले संसारन्युजलाई सुनाए ।


    ‘हामीलाई कमाउनका लागि यहाँ छलि गर्नुपर्छ भन्ने छैन, त्यसरी कमाउनु पनि छैन । पैसाको लोभले भन्दा पनि मातृभूमिका लागि केही गरौं भन्ने भावनाले लगानी गरेका हौं’ जगन्नाथ काफ्लेले भने, ‘हामी अन्तिम सम्म लडिरहन्छौं, सरकारलाई मारेर कुनैपनि काम गर्दैनौं ।’

     

    ५०४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad