BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    रङ्गमा लालायित मन पँखेटाहरू

    बुद्धि सुवेदी, असाम भारतआषाढ ६, २०७५

    खुल्ला आकाशमा
    मुक्त मन लिई
    स्वतन्त्र बाँच्ने चाहमा
    एक्कासी अतिक्रमण हुन्छ

    रङ्गमा पौरिँदै तन मन
    रङ्गीण हुने बेला
    मसानका काला रङ्गहरू
    स्वतः प्रवेश गरेर
    जीवन प्वालै प्वाल
    मुहारैभरि ध्वासो दल्ने विवशता

    पैतालाको माटो हडपने
    कुअभिसन्धिमा
    बौलाएका मनहरूले
    सिर्जिएको अस्थिरता
    अनि त्यो अस्थिरतामा जलेको
    सोझा निमुखा भावनाभूति।

    प्रकृति आमाको काखमा
    कसैसँग युद्ध नगरी
    कसैसँग एकमुष्ठि नमागी
    वन पाखासँग मित्रताको होली खेल्दै
    युगौँ मिलनसार विशेषतामा
    स्वाभिमानी बनेको त्यो चौरीमा
    एकनिष्ठ जीवन निर्वाह गरेको बेला
    एक्कासी बन कमिलाको अतिक्रमणमा
    अस्थिरता छ आजभोलि।

    अस्थिरपनाले सिर्जिएको मन पँखेटाहरू
    लालायित छ होलीको रङ्गमा न्वाउनलाई ।।

    इति

    २२८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad