BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    गजल ६५

    अलख निरन्जन लोहार, टिकापुर कैलाली हालः भारतआषाढ ८, २०७५

    आँगन फरक होला बाँस फरक होला
    त्यो सङ्गै बाधिएकाको आस फरक होला

    एउटै छानो एउटै हाँगो समान छ धड्कन
    तै पनि जीवनको त्यो गाँस फरक होला

    नजर हो विचारको पिल्सिन्छ जीवन
    चौबाटोमा त्यही परिहास फरक होला

    पहिल्याउँछु सबै खुशी कुन पात्रमा छ कि ?
    संघर्ष र पीडा बोधको रास फरक होला

    जग पनि कहाँ अँट्छ र मनको परिधिमा
    विधाताले लेखिदेको सास फरक होला ।

    इति

     

    २४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad