BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    तुला राशी

    – ज्यो= दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८साउन १९, २०७३

    तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :-

    साता हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो देखिएको छ । विशेष मानिएको काममा अबरोध सृजना हुनेछ । तथापि केही कामकार्यमा सफलता मिल्ने छ । मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । अबरोधको बाबजुत पनि व्यापार व्यवसाय तथा पेशागत कार्यबाट धनार्जन गर्न सकिने छ । धेरै अपेक्षा गरेको तथा आश्वासन पनि पाएको धन प्राप्त हुन गाह्रो देखिएको छ । दोहोर रोल खेल्नेहरुबाट बच्नु बुद्धिमानी हुनेछ । सामाजिक सेवा तथा अरुको काममा समय दिनपर्ने छ । बिहीवार पछि शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आउने छ । तरपनि विशेष कामकार्यमा सफलता पाउन अल्लि कठिन पर्नसक्ने छ । काम नभई फुर्ति नगरेकै राम्रो हुनेछ । दैनिकी कार्यबाट भने केही लाभ मिल्नसक्ने छ । शनिवार वादविवादको पनि सम्भावना छ, जनव्यवहारमा ख्याल पुर्याउनु पर्ला । यो साता तपाईले भगवान गुरुगणपति, भैरवदेव र भगवान श्रीहरिको आराधना गर्नु शुभप्रद हुनेछ ।

    कर्कट राशीले यहाँ क्लिक गर्नुहोला ।

    २२४२ पटक
    प्रतिकृया दिनुहोस्