BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    नेपालमा मृगौला सम्मेलन सम्पन्न

    संसार न्यूज संवाददाताआषाढ ११, २०७५

    ११ असार । होटल रेडिसनमा  SRL Diagnostics (Nepal) pvt.ltd  को आयोजनामा, नेपाल नेफ्रोलोजी सोसाइटीको उपस्थितिमा शनिबार काठमाडौँमा SRL Nephrology conclave-2018 नेपाल मृगौला सम्मेलन सम्पन्न भएको छ । SRL Diagnostics (Nepal) pvt.ltd का chairman किशोर भक्त श्रेष्ठको उपस्थितिमा कार्यक्रम सुरु भई नेपालको प्रतिष्ठित किड्नी विशेषज्ञ डा। प्रोमोदकुमार क्षेत्री, डा ऋषि कुमार काफ्ले र डा अरुण शर्मालाई सम्मानित गरियो भने नेपालका प्रतिष्ठित pathologist डा अनिल देव पन्त र डा गोपी अर्याललाई पनि सम्मानित गरियो ।

    यस कार्यक्रममा SRL लिमिटेड इण्डियाबाट डा। राजन दुग्गल (Renal pathologist) ले आफ्ना अनुभव तथा नेपालको सन्दर्भमा यसको परिक्षणको आवश्यकता तथा SRL ले प्रयोग गरिरहेको आधुनिक प्रबिधिको बारेमा बताउनुभयो । साथै डा। अनिलदेव पन्तले Kidney biopsy report सम्बन्धी नेपालको सन्दर्भमा आफ्नो अनुभव र यसको  अपरीहार्यता सम्बन्धी आफ्नो भनाइ राखेका थिए ।

    त्यस्तै SRL Limited India बाट डा योगेन्द्र पाल सिंह ज्युले HLA Typing र tissue crossmatch सम्बन्धी  आफ्नो अनुभव तथा SRL Limited ले प्रयोग गरिरहेको आधुनिक प्रबिधिको  बारेमा जानकारी गराए । साथै कार्यक्रममा नेपालका किड्नी विशेषज्ञहरु डा मुकुन्द प्रसाद काफ्ले, डा प्रकाश पौडेल, डा महेश राज सिग्देल, डा बिष्णु पहाडी, डा आकाश सेडाईका साथै नेपाल नेफ्रोलोजीका अन्य विशेषज्ञ  डाक्टरको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रमको अन्तमा डा प्रमोद कुमार क्षेत्री र डा ऋषि कुमार काफ्लेले SRL Diagnostics (Nepal) pvt.ltd लाई यो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै नेपालमा यस्ता कार्यकमको आवश्यकता रहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

    ७७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad