टेकनारायण रिमाल ‘कौशिक’आषाढ १४, २०७५
हरित जङ्गल यहाँ ।
र त छ मङ्गल यहाँ ।
अमृततुल्य ममता
प्रकृति–आँचल यहाँ ।
शिखरको जल पिई
रगतमा बल यहाँ ।
सुकवितासरि मिठा
सरस काफल यहाँ ।
सब धनी हृदयका
गजबको थल यहाँ ।
प्रबल पुण्य जनका
नयन निश्छल यहाँ ।
जमिनमा खनिज छ
चल न ! ज्याबल यहाँ ।
याँगौँ,म्यांमा ।