BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    ‘एनआरएनएमा नेतृत्वका लागि होडबाजी नहोस्’

    संसार न्यूज संवाददाताआषाढ १४, २०७५

    स्याङजाको वालिङमा जन्मीएर, भारतको मुम्बईमा डिग्री हासिल गरेपछि अफ्रिकी देश युगाण्डामा कर्म फूलाईरहेका छन्, जीवनाथ पंगेनी ।

    स्याङजाको वालिङ क्याम्पसबाट बिए सकेर भारतको मुम्बईबाट होटल म्यानेजमेन्टमा डिग्री गरेका जीवनाथ पंगेनी करिब १६ वर्ष अगाडि (सन् २००२) मा युगाण्डा पुगेका थिए । हाल उनी युगाण्डामा रहेको एक पाँचतारे होटलमा जनरल म्यानेजरका रुपमा कार्यरत छन् ।

    झण्डै २ दशक विदेशमा व्यतित गरेका पंगेनीले युगाण्डामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । मध्यमवर्गिय परिवारमा जन्मिएर मुम्बईमा अध्ययन र तालिम लिएपछि उनले मुम्बईमै पाँचतारे होटलमै काम गर्ने मौका पाए । उनी होटल व्यवस्थापन सम्बन्धी तालिमकै सिलसिलामा मलेसिया, सिंगापुर, थाइल्याण्ड, जर्मनी दुबईलगायतका अफ्रिकाका ठूला पाँचतारे होटलमा पुगेका थिए । होटलमा राम्रो विज्ञता हासिल गरेका पंगेनीले हाल एक सफल नेपालीको रुपमा आफ्नो पहिचान बनाएका छन् ।

    युगाण्डामा सपरिवार बस्दै आएका पंगेनीले एनआरएनए युगाण्डाको अध्यक्ष हुँदै हाल आइसीसी सदस्यको भूमिका निर्वाह गरिरहेका छन् । क्युनेट नामक अन्तर्राष्ट्रिय कम्पनीमा सफल व्यक्तिका रुपमा चिनिन्छन् । पङ्गेनी ‘मोटिभेसनल स्पिकर’ पनि हुन् ।

    झण्डै ५ वर्षदेखि एनआरएनए युगाण्डामा आबद्ध रहेका पंगेनीले विदेशी मुलुकमा नेपाली कला, संस्कृति रहन, सहन तथा नेपाल र नेपालीको पहिचान विश्वमाझ चिनाउने संस्थाका रुपमा एनआरएनएलाई लिने गरेका छन् । आउने पुस्तालाई ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर चिनाउन एनआरएनएको काँधमा ठूलो जिम्मेवारी छ । उनी भन्छन्,‘एनआरएनएले विदेशी भूमिमा सहकार्यका लागि मूलमन्त्रलाई सधै आत्मासाथ गर्नुका साथै विदेशमा बस्ने नेपालीमा देशप्रतिको सकारात्मक सन्देश प्रवाह गर्दै एकतामा विश्वास राख्नुपर्दछ ।’

    अहिले जस्तो नेतृत्व लिने होडबाजीमा एनआरएनए लाग्न नहुने बताउँदै पंगेनी भन्छन् ‘एनआरएनएले राम्रो नेृतत्व पाओस ।’

    उनका अनुसार एनआरएनए युगाण्डाले दलालबाट धोका पाएका नेपालीको उद्धार तथा सहयोगका लागि नेपाली दूतावाससँग सहकार्य गर्दै आएको तथा नेपालमा भइपरि आउने विभिन्न समस्यामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । साथै नेपाली चाडपर्वमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर युगाण्डामा रहेका नेपालीलाई देशको सम्झना गराउने भूमिका समेत निर्वाह गर्दै आएको छ ।

    १४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad