BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    न्यूजिल्याण्डका युवाहरु किन आत्महत्या गर्छन् ?

    संसार न्यूज संवाददाताआषाढ १५, २०७५

    न्युजिल्याण्डका १५ देखि १९ वर्ष उमेरका बढी किशोर युवाहरुले आत्महत्या गर्ने गरेको खुलेको छ ।
    युनिसेफले हालै बाहिर ल्याएको एक रिर्पोटमा ४१ युरोपियन देशमा न्युजिल्याण्डका १५ देखि १९ वर्ष उमेरका सबैभन्दा धेरै युवाहरुले आत्महत्या गरेको रिर्पोट सार्वजनिक भएको छ ।
    न्युजिल्यायाण्डमा प्रति १ लाखमा १५.६ प्रतिशत आत्महत्याको दर रहेको छ । यो अमेरिका भन्दा दुईगुणा ज्यादा हो भने ब्रिटेनभन्दा ५ गुणा बढी रहेको बिबिसीले जनाएको छ ।
    युनिसेफका अनुसार यसरी आत्महत्या गर्नुको कारण बच्चाहरुमा गरिवी, किशोर अवस्थामै गर्भधारण बढीरहेको कारण तथा परिवारको गरिवी रहेको देखिएको युनिसेफ न्युजिल्याण्डका डा. प्रुडेंस स्टोनले जनाएका छन् ।
    न्युजिल्याण्ड मेन्टल हेल्थ फाउन्डेशनका सन रबिन्सनका अनुसार स्कुलमा बालबालिकामाथि डर देखाउनु धम्कि दिन कुरामा न्युजिल्याण्डको अवस्था निकै नराम्रो छ । यहाँ बालबालिकालाई धेरै प्रताडना सहनुपर्ने तथा गरिबीका कारण पनि यस्तो घटना बढेको हुनाले यसलाई सुल्झाउन जरुरी रहेको बताइन्छ ।
    आत्महत्याको आंकडा अनुसार  यहाँका मावरी समुदाय र प्यासेफिकद्धीपवासीमा आत्महत्या गर्ने बढी छन् ।
    स्टोनका अनुसार यहाँ सास्कृतिक पहिचान र औपनिवेशीकरणको प्रभाव पनि हो । स्टोन भन्छ्न, ‘यसले यो संकेत पनि गर्छ कि, हाम्रो समाजमा सांस्कृतिक नश्लभेद कुन स्तरमा छ भनेर ।’
    अन्य युरोपियन देशको तुलनामा न्युजिल्याण्डमा स्वास्थ्य सेवा पनि त्यति राम्रो छैन । स्टोनका अनुसार यहाँ पुरुषमा बलियो छविको संस्कृति छ । यसको कारण उनीहरु विभिन्न दवावमा रहने र धेरै पुरुषहरु होसै नहुने किसीमले बियर पिउने गर्छन् ।
    डाक्टरहरुका अनुसार पछिल्ला वर्षहरुमा यसमा परिवर्तन आएको छ । यहाँका संगीतकार फिल्मकारहरुले पुरुषको यस्तो छवि परिवर्तन गर्ने कोशिषमा लागिरहेका छन् ।

    रविन्सका अनुसार न्युजिल्याण्ड सरकार आफ्ना युवाहरुलाई दबाबसँग लड्नका लागि सहयोग गर्ने कुनै कार्यक्रम बनाएको छैन । यहाँ जुन दबाब र मानसिक चुनौतीसँग किशोर जुधिरहेका छन् त्यसलाई ठीक गर्नका लागि न्युजिल्याण्डले कुनै कदम अगाडि बढाएको छैन् ।

    ११९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad