BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    तिमी, जलेको जस्तो लागेकै छैन यादव

    नीलकण्ठ तिवारीआषाढ १६, २०७५

    पशुपतिनाथको बाग्मती तट र चक्रपथसँगै जोडिएको विद्युतीय शबदाहगृहमा तिमीलाई अन्तेष्टि गर्दै टेक्निसियनले स्विच अन गरेको करिब १५ घण्टा नाघिसक्यो । सबैका आँखामा आशु झराल्दै बहिनी गंगाले तिमीलाई दागवत्ति दिएको चित्र रातभरी आँखा, छाति र मुटुभरी घुमिरहेको कारण तिम्रो नाउँमा दुई शब्द नलेखिकन टाउको गह्रौका गह्रौे हुने भएपछि मनको अटसमटस लेखेको छु यादव ।
    तिमीलाई शबगृहको भीत्र पठाएपछि पनि मन सम्हाल्न सकिएन । यो निश्चित हो कि हामीले जे जति पुकारा गरेपनि तिमी फर्कदैनौं । तर, तिमी जलेर पुरै खरानी भयौं भन्ने पनि विश्वास लागेको छैन ।

    असार १५ गते दिउँसो ३ बजे हाराहारीदेखि तिमीले कमाएको सम्पत्ति नेपाली सामाजिक सन्जालमा छरपष्ट देखियो । दुई वर्ष अगाडि ‘श्रमजीवीले जति गरे पनि यस्तै भयो सर’ भन्ने अभिव्यक्ति सहित तिमीले व्यक्तिगत जीवनका पीडा पनि सेयर गरेका थियौं । तर, असार १५ को खादा खादैंको दहि चिउरा खान छाडेर, तिम्रो उपचार गराइएको मेडिकल कलेज सिनामंगल हुँदै पशुपतिको घाटसम्म आउने सयौं पत्रकारको उपस्थितिले तिम्रो पहिचान प्रष्ट पारेको थियो ।

    मलाई याद छ, तिम्रो र मेरो व्यक्तिगत चिनजानी १५ वर्ष नाघ्यो । यहि बिचमा तिमीले प्रेम विवाह गरेर गंगा बहिनीलाई भित्राएका थियौं । आ–आफ्ना बाध्यताका विच पनि तिम्रो सन्तुलित सम्बन्धको संस्कृतिले मलाई गहिरो छाप पु¥याएको थियो । तिमीले खोजतलासलाई चर्चामा ल्याउन मधु लम्साल र राजु श्रेष्ठहरुसँगको टिममा निकै मेहनत गर्यौ । यहि क्रममा ऐक्यबद्धतासँग पनि जोडियौ र कार्यकारी सम्पादकको जिम्मेवारी पनि करिब २ वर्ष पुरा गर्यौ । ऐक्यबद्धता मासिकलाई शुरुमै ‘क श्रेणी’ को पत्रिकामा ग्रेडिङ गराउन तिम्रो मेहनत र रचनात्मकता प्रष्टै छ । ऐक्यबद्धता मासिकमा व्यङ्ग स्तम्भ हाल्नु पर्छ भन्दै तिमी आफैंले ‘कर्केनजर’ स्तम्भ सुरु गर्यौ र त्यो लगातार र नियमित अहिले पनि छ ।

    प्रकाशनगृहका सीमितता, व्यक्तिका बाध्यता, चाहना र क्षमताले श्रमजीवी पत्रकार एकै ठाउँमा बसिरहने कुरै भएन । तिमीले खोजतलास, स्पेशटाइम हुँदै ऐक्यबद्धता, नयाँपत्रिका, नागरिक दैनिक र अघिल्लो वर्षमा कान्तिपुर पुगेका थियौं । मलाई कान्तिपुर गएको त थाहा थियो । तर, तिम्रो निधनपछि कान्तिपुरले सहायक वरिष्ठ सम्पादकको जिम्मेवारी रहेको प्रष्ट पार्यो ।

    घाटमा उपस्थित पत्रकारहरुको ठूलो संख्या र तिमीप्रतिको अपनत्व संप्रेषणले तिम्रो कमाई अतुलनिय रहेको प्रष्टै छ । जीवनमा तिमीले चिनेका र सँगै काम गरेका पत्रकारहरु पुराना दिन कोट्याँउदै तिमी सबैको मनमा बस्न सक्ने व्यक्तित्व भएको भन्दै आँसु झारी रहेका थिए । बिरामी आमा, तिम्री प्रिया (बहिनी गंगा) र दुई छोरीहरुको चीन्ता र चासोमा पत्रकार साथीहरु एकआपसमा कुरा गरिरहका थिए । तिम्रो आत्माले गंगा बहिनी र छोरीहरुको धेरै बोझ लिन नपर्ला कि, भन्ने मलाई लागिरहेको छ । किन कि, पछिल्लो दिनमा तिम्रो आवद्धता कान्तिपुर जस्तो ठूलो प्रकाशन गृहमा छ । नागरिक, नयाँपत्रिका र अन्य साहित्यीक पत्रकारितामा पनि तिमी सक्रिय थियौं । त्यसबाहेक तिमीले साथी बनाएका सयौं सक्रिय पत्रकार पनि हातेमालो गर्न तत्पर हुनेछन् भन्ने मलाई विस्वास छ ।

    सक्रिय पत्रकारितामा तिमीले आफ्नो खुवि, क्षमता र सभ्यता संप्रेषण गरे बाहेक सामाजिक जीवनमा पनि तिमी निकै सक्रिय थियौं । राजनीतिक भन्दा साहित्यीक र सामाजिक संघसंस्थामा रुची राख्ने तिमी लोककृष्ण भट्टराईको नेतृत्वमा स्थापित अष्ट ज अभियान नेपालको संस्थापक सचीव पनि भएका थियौं । जीवनमा तिम्रो मेहनत र संघर्षको प्रभाव राम्रोसँग उद्घाटित हुन नपाउँदै तिमीले संसार छाड्यौं । ज्वरो आएर यादव गयो, भाइरल इन्फ्लन्जाले यादवलाई लग्यो भनेर पत्यारै नमान्ने ठूलो पंक्तिले तिमीलाई करेन्टमा हालेको अझै पत्यार गरेको छैन ।

    तिम्रो सम्पत्तीका रुपमा रहेका दुई छोरीको भविष्यप्रति चिन्तित हुने म जस्ता सयौं शुभचिन्तकहरुमा प्रश्न थपिएको छ ‘के गर्न सकिएला ती छोरीहरुका लागि ?’ यदी तिम्रो आत्माको अनुमति हुन्छ र तिमी संवद्य, पूर्वआवद्य तथा तिमीलाई माया गर्नेहरुको ठूलो संख्या जुर्मुराउछ भने छोरीहरुको शिक्षा–दीक्षा र भविष्यका लागि खास समस्या हुनेछैन ।

    तिमी बस्ने घरका घरबेटी (मेरो गाउले दाइ) नारायण अधिकारी अहिले विदेश हुनुुहन्छ । मैले दाइलाई यो नमिठो कुरा आफैंले बताउन सकिन र चाहिन । दाइले भन्नुहुन्थ्यो ‘यादव भएपछि म ढुक्क छु ।’ ओखलढुंगे दाइ (तिम्रो बस्ने घर अगाडिको सानो चिया पसल)का भाउजु र छोराहरुको हत्तेरी सुनेपछि म तिम्रो कोठा र अस्पताल हुँदै घाटतर्फ लागेको हुँ ।

    तिमी बस्ने धोविधाराको ढुंगा माटो र कणले तिमी कहाँ गयौं भनेर पक्का सोध्ने छ ! काभ्रेको तिम्रो घरमा कति सन्नाटा छायो होला यतिबेला अनि बालाजु, मनमैजु तिर बस्ने गंगा बहिनीका माइती अर्थात तिम्रा ससुरालीमा अझ कस्तो भयो होला !
    पर्शुरामको फेसबुक देखेर लोककृष्ण दाइले हप्काउनुभएछ कलकत्ताबाटै । हो,दाइ जस्तै धेरैले नपत्याउदा म आफै भ्रममा परे कि भन्ने लागीरहेको छ ।

    ६९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad