BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    प्रदेश नं ३ बजेट छलफल : संशोधित बजेट ल्याउन माग

    संसार न्यूज संवाददाताआषाढ १८, २०७५

    १८ असार, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आइतबार बसेको बैठकमा आव २०७५÷०७६ को विनियोजित बजेटको शीर्षकको छलफल भएको छ ।

    छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरूले दोलखा, रामेछाप जिल्लामा फलाम खानीको उत्खनन्, मकवानपुरमा रेडियमको उत्खनन् गर्न बजेटले समेट्न नसकेको हुँदा संशोधित बजेट ल्याउन माग गरे ।

    उनलेहरूले सडक यातायात, ग्रामीण विद्युतीकरण, दलित बस्तीमा खानेपानीको व्यवस्था गर्न र ती समुदायलाई आयआइतबार्रन गर्ने कार्यक्रमको प्याकेज ल्याउन सरकारलाई सुझाव दिए । यसैगरी, ३ नं प्रदेशअन्तर्गत पर्ने काभ्रेको धुलिखेलबाट सिन्धुलीतर्फ सञ्चालनमा रहेको विपी राजमार्गमा ठूला सवारीसाधन संचालनमा रोक लगाइएकोमा सर्वसाधारण जनताको हितका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर सवारी संचालनमा ल्याउन माग गरे ।

    प्रतिपक्षको साथै सत्तारुढ दलका सदस्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आवका लागि राष्ट्रिय गौरवका आयोजना र प्रदेशका जनताका लागि आधारभूत विकास योजना छनोट गर्न माग गरेबमोजिम प्रस्तुत गरिएको बजेटमा ती योजनालाई उच्च प्राथमिकतामा नराखी छुट्टयाइएकोमा आक्रोश व्यक्त गर्दै सदस्यहरूले आन्तरिक मामिला तथा योजनामन्त्रीले विशेषज्ञको सुझाव लिई बजेट समावेश गर्न माग गरे ।

    छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअन्तर्गत उल्लेख गरिएका विकासका योजनालाई बजेटमा नसमेटिएको र विनियोजित बजेटमा ठूलाठूला गोष्ठी र सेमिनारलाई करौँडोको बजेट छुट्टयाइएकोमा विरोध गरे ।

    प्रदेशका १३ जिल्लाको खानेपानी मुहानको मर्मत सम्भारका लागि रु २० लाख मात्र विनियोजित गरिएकामा दुःख प्रकट गर्दै उनले सरकारले रोजगारीका लागि घरेलु उद्योग र पुराना तथा नयाँ औद्योगिक क्षेत्रको विस्तार गरी प्रत्यक्ष रोजगारी सिर्जना गर्न गुरुयोजना तयार गरी थप बजेट समावेश गर्न आग्रह गरे ।

    छलफलमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, कृष्णप्रसाद शर्मा, शोभा शाक्य, बुद्धिमान माझी, सिर्जना सैँजु, केशवप्रसाद खनाल, केशवराज पाण्डे, रिता माझी, दिनेश सुवेदी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शशीजंग थापा, सीता लामा, न्हुछेनारायण श्रेष्ठ, आशाकाजी महर्जन र कुसुमकुमार कार्कीलगायत सहभागी भएका थिए ।

    प्रदेशसभाको अर्को बैठक यही असार १९ गते बिहान ११ बजे बस्नेछ । (रासस)

    १५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad