BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    सन्दर्भ विश्व कपः ठूला टिमको अप्रत्याशित पराजय जारी

    संसार न्यूज संवाददाताआषाढ १८, २०७५

    रुसमा जारी विश्वकपमा उपाधिका दाबेदार मानिएका टिमहरुले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । प्रतियोगिता अघि निकै लयमा देखिएका विश्व फुटबलका महारथीहरुको अप्रत्यासित नतिजाले विश्व कप थप रोमान्चक बन्दै गएको छ । डिफेन्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै बाहिरिएको थियो । विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेको जर्मनी समुह चरणबाट नै बाहिरिएला भनेर कसैले अपेक्षा गरेका थिएनन् । सन् १९९८ पछिको विश्वकप पछि विश्व फुटबलमा यस्तो नजिर बनेको छ जहाँ हरेक डिफेन्डिङ च्याम्पियन समुह चरण बाटै बाहिरिएका छन् । सन् २००२ मा फ्रान्स, सन् २००६ मा ब्राजिल, सन् २०१० मा ईटली, सन् २०१८ को विश्वकपमा जर्मनी बाहिरिने श्रृंखला नै बनेको छ ।
    समुह चरणमा कठिन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको अर्जेन्टिनाले अन्तिम १६ मा फ्रान्ससँग पराजित हुदैँ बाहिरियो । विश्व फुटबलमा निकै राम्रो छवि बनाएका मेस्सीको टिमले फ्रान्ससँग राम्रै प्रदशर्नका बाबजुद हार बेहोर्न बाध्य भयो । क्लब फुटबलमा सबैखाले उपाधि जितेका मेस्सीले देशबाट खेल्दा भने आशातित प्रदर्शन् ागर्न नसकेको आरोप लाग्दै आएको थियो । यसपटकको विश्वकपमा पनि आफु माथि लागेको आरोप खण्डन गर्न मेस्सीले सकेनन् । सन् २०२२ को कतार विश्वकपमा मेस्सीलाई मैदानमा देख्न नपाईने समेत कतिपयको आँकलन गरिएको छ ।
    सन् २०१६ को युरो विजेता पोर्चुगल अर्थात रोनाल्डोको टिमलाई समेत विश्वकपको दाबेदार मानिएको थियो । समुह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा पु¥याएका रोनाल्डोले अन्तिम १६ मा अपेक्षित प्रदशर्न गर्न सकेनन् र पोर्चुगल रित्तो हात घर फर्किन बाध्य भयो ।
    सन् २०१० को विश्व विजेता स्पेन पनि अन्तिम १६ बाट बाहिरिने अर्को टिम बनेको छ । विश्वकप सुरु हुनु भन्दा ४८ घण्टा अघि प्रशिक्षक जुलेन लोपुटेगीलाई बर्खास्त गरेर चर्चामा आएको स्पेन अन्तिम १६ मा आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै घर फर्किन बाध्य भयो ।
    यसरी विश्वकपका दाबेदार मानिएका ठुला टिमको हारले विश्वकप अझ हेर्न लायक बन्दै गएको छ । नयाँ टिमको उत्कृष्ट प्रदर्शनको तुलनामा पुराना हस्तीहरुको खेल फिक्का बनेको छ । जसले यस विश्वकपमा नयाँ टिम उदाउने सम्भावनालाई फराकिलो बनाउदै गएको छ । या भनौँ न ठुला टिमको एकाधिकार अन्त्य हुने भएको छ ।

    ५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad