BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    गजल ६७

    गोविन्द गोपाल खतिवडा, उदयपूर नेपालआषाढ १८, २०७५

    जीवनमा जति धेरै ठाउँमा पैसा देखियो ।
    मेरो ईश्वर मबाट त्यत्ति टाढा देखियो ।।

    मृत्युले तिम्रो निधारमा चुम्बन गर्यो जब ।
    संसारमा कोही नमर्ने सम्भावना देखियो ।।

    बिछोड हुनुको फाइदा यसरी लुट्न सकिन्छ ।
    फुटेको ऐनामा अनुहार दुइटा देखियो ।।

    तिमी आयौ, गाह्रो ठाउँमा आउने पिलोजस्तै ।
    हटाउन मिलेन, राख्दा पनि समस्या देखियो ।।

    छोरोले देशभरि चिनिन खुब सङ्घर्ष गर्यो ।
    एउटा सिङ्गो देश आमाको आँखामा देखियो ।।

     

    १८० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad