BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    गजल ६९

    प्रकाश सापकोटा, कोपनहेगन डेनमार्कआषाढ २०, २०७५

    पुलिस पनि क्वै क्वै त चोर लाग्ने यार
    सम्झिएर ल्याउँदाखेरि बोर लाग्ने यार

    निलो-निलो सफा चट्ट यूनिफर्मभित्र
    कालो-कालो जाली मन फोहोर लाग्ने यार

    तगडा छ अनुसन्धान नेपाल प्रहरीको
    हो नि, तर नियत चाहीं कम्जोर लाग्ने यार

    डील पनि थोरै होइन, करोड-करोडका
    लाख रुप्याँ त तिन्लाई थोर लाग्ने यार

    कानून त सबैलाई उस्तै लाग्नु पर्ने
    बाङ्गाभन्दा सोझालाई कठोर लाग्ने यार

    इति

     

    ३८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad