BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    माओको देशबाट आउछ हिन्दुधर्मालम्बीका लागि बार्षिक १ अर्बको जनै

    संसार न्यूज संवाददाताआषाढ २१, २०७५

    २१ असार, काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाइएको भन्दै दैनिक करिब २ हजार युवा बैदेशिक रोजगारीमा गइरहेको देखिन्छ । तर, गहिरीएर सोच्यो भन्यो देशमै अनेक सम्भावना रहेको पनि देखिन्छ । जसमा युवाहरुलाई आकर्षित गर्न सकिएको छैन् ।
    हिमाल, पहाड, तराइका समथर भाग र भीरमा जहाँ पनि उत्पादन हुने मकै, पहाडी कान्लामा फलाउन सकिने कोदो लगायतका कृषिजन्य वस्तु करोडौंको आयात गरिहेको बेला नेपाली सामु एउटा नयाँ तथ्यांक पनि आएको छ । विशेष गरी हिन्दुधर्मालम्बीहरुको शरीरमा नलगाइ नहुने जनै समेत बार्षिक १ अर्बको आयात हुने रहेछ ।
    रमाइलो त के छ भने धर्मलाई अफिम मान्ने विश्व प्रसिद्ध कम्युनिष्ट नेता माओको देश चीनबाट नेपालमा जनै आउने गरेको व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
    केन्द्रका अनुसार हरेक वर्ष १ अर्ब रुपैयाँको जनै चीनबाट आयात भइरहेको छ । यसैगरी हातमा लगाउने डोरी, कपडा सिउन प्रियोग हुने धागो, सियोलगायत अति सामान्य वस्तु समेत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । केन्द्रको तथ्यांक अनुसार बार्षिक अर्बौ रुपैयाँको हस्तकला विदेशबाट आयात हुने गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

    ४६७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad