BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    नेताले आमदामी गर्ने राजनीति

    प्रेम उप्रेती, "पिपलटारे", न्यूयोर्क अमेरिकाआषाढ २१, २०७५

    ठूलो आवजले
    मेरो कान नै बन्ध भएको भान हुन्छ
    राजतन्त्रको कम्जोर गोलिले
    स्वतन्त्रताको दरिलो छाति विस्तारै पार गरेर
    देशको गाथामा राजनीति थपिएको छ ।

    उफ़ ! कति तातो भएको ?
    एक्कासी शरिरको तापक्रम आकासियो,
    कति हो कति, मानौ सूर्य नै मभित्र लुकेको छ ।

    मैले स्वतन्त्रतालार्इ आलिङ्कन गर्दा
    विजय धूनपाताकाहरू
    अनन्त ध्वनीसम्म फैलिरहेको थियो ।

    अहो ! त्यो आवज धेरै परसम्म पुगेछ क्यार
    मान्छेहरूको कोलाहाल बड्न थाल्यो
    सबैको ध्यानाकर्षण बिस्तारै
    म भए तर्फ हुन थाल्यो।

    मैले सदैव सेवा गरेको मालिकले
    अतालिदै उसको हातले
    मलाई समातेर बेस्सरी थिच्न थाल्छ ।

    लामो सास फेरेर टाउकामा हात राख्छ
    शासन सभ्यतालार्इ धारे हात लगाएर
    यसरी भुतभुताउँछ कि
    मेलै यस्तो कहिले सुनेको थिइँन ।

    नानाथरिका गाली गर्दै
    उ बरबराउन पो थाल्छ
    मलाई यस्तो केको दशा लाग्यो ?
    यसले कति ऋण तिर्न बाँकी छ
    यसमाथिको लगानी सबै माटोमा मिल्यो ।

    बितारै मेरो शरीरको तापक्रम
    घटेर चिसो भइरहेको
    प्रत्यक्ष अनुवभ गरिरहेको थिएँ ।

    धेरै अफ्ठारा बाटाहरू हिँडिएछ जीवनमा
    बल्ल बिश्राम पाइयो,
    कहिले आरोह कहिले अवरोह
    कहिले शहर गल्लीहरूमा
    मेरा दैनिकीको निर्धारण
    मेरो मालिकमा भर पर्थ्यो ।

    जिन्दगी अर्कैले चलाएर होला
    म धेरै कम्जोर भइसकेको थिएँ
    म अस्पतालको शैयामा लडेको दिन
    मालिकका दाँतबाट पसिनाको खहरे बग्थ्यो ।

    अब कर्मफल टिप्ने बेला भएछ
    थाहै नपाइकन आयु कालको हुने भो
    जे नहुनु त भयो तर राम्रो भयो ।

    बाँचेकै भए पनि, कति सास्तिहरू छन् तालुमा
    कर्मले जीवन आदर्श बन्दो हो त
    मेरा यी पाऊ घोटिएर शालीग्राम बन्नु पर्ने होइन ?

    म आफ्नो बसमा भएको भए
    मेरो पनि जीवन हुन्थ्यो
    मैले बाँच्ने साहास हुन्थ्यो भाग्य
    कर्मबाट जीवन ढलेका यो क्षण
    मेरो छेउमा मेरा सपनाहरू हुन्थे
    जसलार्इ देख्न मैले अगाडि आँखा चिम्लिएको हुन्छु ।

    कुल्लीको कुनै देश हुँदो हो त
    यतिबेला मेरो पार्थिव निधारमा
    सग्लो राष्ट्रिय झण्डाको न्यानो हुन्थ्यो ।

    मेरा सन्तान बन्दकी बसेको माटोमा
    लास लडाएर साहु
    मेरो छोराको पाखुरामा हातकडी लगाएर
    किशोरी छोरीको कुमारित्वको दावामा छ ।

    मेरै ढाड चड्यो जीवनभर
    अनि आफू मस्ती गर्यो
    एक थोपा आँसु झारेन
    उसले दाहिने हातको बिदाइमा ।

    सडकमा लास गल्न थालेको
    एक युग भएको छ
    नेता ठूलो भाषण गर्छ
    “सहिदको सम्मान हुन्छ”
    यो देशमा कहिलेसम्म
    मज्दुरहरू गोलि खाएर
    साहुको आँगनमा मज्दुर ढल्छन् ?

    नेताले आमदामी गर्ने राजनीतिले
    कहिलेसम्म जनता कङ्गाल बनाउने
    कुटिल सभ्यता
    यो देशले धान्न सक्छ ?

    इति।

    ४०५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad