BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    साहित्यकारद्धय पौडेल र पाँडेको ‘हजार हाइकु’ बजारमा

    संसार न्यूज संवाददाताआषाढ २१, २०७५


    २१ असार, काठमाडौं । साहित्यकारद्धय रामकुमार पाण्डे  र प्रकाश पौडेल ‘माइला’को हजार हाइकुसंङ्ग्रह सार्वजनिक भएको छ ।
    बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको उक्त हजार हाइकुसङ्ग्रहको   प्रमुख अतिथि वरिष्ठ गीतकार रत्न शम्सेर थापा र अतिथिहरु समालोचक प्रा.डा खगेन्द्र लुइँटेल, साहित्यकार दामोदर पुडासैनी, समालोचक तथा साहित्यकार महेश पौडेल, लगायतबाट संयुक्त रुपमा विमोचन गरिएको थियो ।
    सोहि अवसरमा प्रमुख अतिथि वरिष्ठ गीतकार रत्न शम्सेर थापाले लेखद्धयलाई शुभकामना दिदै नेपाली बजारमा शसक्त हाइकुका रुपमा हजार हाइकु आएको बताउँदै २०१७ सालमा शंकर लामिछानेले हाइकु भित्राएको बताएका थिए ।

    त्यस्तै समालोचक खगेन्द्र लुइटेलले हाइकुमा राम्रो परिचय बोकेका लेखकद्धयले सैद्धान्तिकरुपमा बुझेर लेखिएको हाइकु भन्ने प्रसंसा गर्दै हाइकु, गजल, मुक्तक छुट्टै विधा नभएर कविताको संरचना रहेको बताए । उनले हाइकु लेख्दा पाँच–सात–पाँचको लाइन नछोडि विविध विम्बहरु प्रयोग गरेर लेख्न सकिने पनि बताए ।
    त्यस्तै साहित्यकार दामोदर पुडासैनीले पठनीय र स्तरीय रुपमा हजार हाइकु बाहिर आएको बताउँदै यस्तो हाइकुसंङ्ग्रह नेपाली बजारमा कम मात्रामा आएको बताएका थिए । उनले हाइकुको उद्गम थलो जापानमा निमन्त्रण कार्डमा पनि हाइकु लेखेर पठाउने चलन रहेको बताउदै नेपालमा पनि प्रकृति र संस्कृतिलाई विम्ब बनाएर हाइकु लेख्न सकिने बताए ।


    त्यस्तै साहित्कार तथा समालोचक महेश पौडेलले नेपाली हाइकुले मुलधार पक्रन नसकेको बताउदै तर, पनि नेपाली हाइकुलाई कम आँक्न नहुने बताए । उनले पनि हाइकुको उद्गमथलो जापान भएपनि हामीले हाइकु लेख्दा प्रकृति अनुकुल विम्व राखेर हाइकुमा नेपाली प्राण राख्न जरुरी रहेको बताए । उनले आयातित विधामा विलिन हुने जोखिम रहेको समेत बताएका थिए ।
    पौडेलले, रामकुमार पाँडेका हाइकुमा राजनीति, नाकाबन्दी, माया प्रेम लगातयका कुराहरु रहेको बताउँदै प्रकाशका हाइकुमा मनोबैज्ञानिक तथा प्रकृतिक रुपमा विम्वहरु प्रयोग गरिएको समेत बताए ।

    त्यस्तै साहित्यकार तथा हजार हाइकुका लेखक रामकुमार पाँडेले नेपाली साहित्यलाई प्रवद्र्धन गर्न हाइकुले ठूलो भूमिका खेल्न सक्ने बताउँदै यसमा सबैको साथ चाहिने बताएका थिए । उनले हाइकुलाई दुई प्रतिशत मेडियाले पनि उचित स्थान दिन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।
    त्यस्तै अर्का लेखक प्रकाश पौडेल माइलाले छोटो तयारीमा हजार हाइकु लेखिएको भन्दै हाइकुको इतिहास र विकासका बारेमा छिट्टनै अर्को संङ्ग्रह ल्याउने बताएका थिए ।  उनले हाइकुको उद्गमथलो रहेको जापानका बारेमा बताउँदै त्यहाँ जापानी हाइकु सम्राट माचुवा वासोका हाइकुहरु सडकका दायाँबायाँ, ढुंगामा अनि रुखमा पनि हाइकु लेखेको पाइएको बताएका थिए ।


    उनले तीब्र गतिमा बढिरहेको नेपाली हाइकु अब स्तरीय लेखनमा ध्यान दिनुपर्ने बताएका थिए ।
    पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त विमोचन कार्यक्रममा शुष्मा मानन्धरले हाइकुबाटै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।


    शिखा बुक्सको प्रकाशन रहेको उक्त हजार हाइकु २६२ पृष्ठको रहेको छ भने त्यसको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

    ५५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad