BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    विश्वकप-क्वाटरफाइनल शुक्रबारदेखि,ब्राजिल र बेल्जियम भिड्दै

    संसार न्यूज संवाददाताआषाढ २१, २०७५

    २१ असार, काठमाडौँ । विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।

    रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

    यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्वविजेतासमेत हुन् ।

    क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकका विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित ग¥यो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

    यही असार २३ गते शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ । उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

    १२५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad