BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    अमेरिकामा लुटेराको आक्रमणमा परेर नेपालीको मृत्यु

    संसार न्यूज संवाददाताआषाढ २१, २०७५

    विजय थापा, अमेरिका । अमेरिकामा लुटेराको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ ।
    भर्जिनियाको हरन्डन सहरको सुनोको ईन्धन चौकीमा लुटेराको आक्रमणमा परेर गोर्खा घर भई चितवनबासी ४० वर्षीया रेशम बजगाईँको बुधबार लुटेराले आगो निभाउने उपकरणले हिर्काएर मारेको जानकारी आएको बताइएको छ ।
    हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा रहेको ग्यास स्टेसनमा कार्यरत बजगाईँलाई ४ जुलाई (२० असार) का दिन बिहाँन १ः४५ मा आक्रमण गरी मारेको फेयर फ्याक्स प्रहरी चौकीले जनाएको छ ।
    खाडीमुलुक कतारमा १० वर्ष विताएर नेपाल फर्केका बजगाईँ गत सेप्टेम्बरमा मात्र अमेरिका आएका थिए ।
    अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाईँ श्रीमती तथा ५ बर्षिय छोरीसँग बस्दै आएका थिए । उनकी श्रीमती विविधता डिभी परेर ५ वर्ष अगाडि नै अमेरिका आएको उनका नजिकका आफन्तले जनाएका छन् । उनी ग्यास स्टेशनमा हप्ताको एकदिनमात्र काम गर्थे ।

    लुटेराले आगो निभाउने उपकरणले कुटेपछि पुन : ग्यास स्टेसनभित्र गएर निर्घात कुटेर मारेको आशंका गरिएको छ । यसको साथै शंकास्पद लुटेरालाई प्रहरीले पक्राउ गरि सकेको छ ।
    प्रहरीका अनुसार शरीरको माथिल्लो भागमा धेरै चोटपटक लागेका बजगाईँको धेरै रगत बगेको कारण मृत्यु भएको बताइएको छ ।

    १२४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad