BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    गजल ७०

    राजु सुब्बा, एटलाण्टा जर्जिया अमेरिकाआषाढ २२, २०७५

    भूटानैमा बसेर हक अधिकारको कुरा गर्नु पथ्र्यो
    भूटानैमा बसेर हक अधिकारको निम्ति मर्नु पथ्र्यो

    भाषा, भेष अनि जातिका लागि लड्नुपथ्र्यो
    त्यो उज्यालो ल्याउनलाई दुईचार तारा झर्नु पथ्र्यो

    उहिले नै ती पुर्खाले नेपाल नछाडेको भए
    आज आफ्नै देशमा यसरी शरण कहाँ पर्नु पथ्र्यो ?

    बसाइँ सर्दै पुर्खाहरू भूटान नगइदेको भए
    भूटानदेखि आपत् पर्दै नेपाल कहाँ सर्नु पथ्र्यो ?

    इति

    ३३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad