BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    सनराइज बैंकद्धारा अनलाइन कारोवारको शुभारम्भ

    संसार न्यूज संवाददाताआषाढ २३, २०७५


    २३ असार, काठमाडौँ । सनराइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्र्दै Verified by Visa (VbV) सेवा संचालनमा ल्याएको छ ।

    Verified by Visa (VbV) सेवा मार्पmत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ । यस सेवामार्फत ग्राहकवर्गले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (Online Purchase/E-commerce) गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा One Time Password (OTP) प्राप्त गर्नेछन् र सोहि OTP मार्फत मात्र कारोवार सफल हुनेछ, जसकारण कारोवार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुनेछ ।

    सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा Verified by Visa (VbV) सेवा संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ र यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

    सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    ४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad