BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    नबिल बैंकद्वारा वरिष्ठ अनुसन्धानकर्ताहरु सम्मानित

    संसार न्यूज संवाददाताआषाढ २३, २०७५

    २३ असार, काठमाडौँ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । सो पुरस्कार माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलद्वारा मिति २०७५/०३/१९ मा नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका हुन् ।

    सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. मुकेश कुमार चालिसे, प्रा. डा. रजनी मल्ल, डा. राम कुमार अधिकारी तथा प्रा. डा. अमर प्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनीले जानकारी दिए ।

    कार्यक्रमपश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पु¥्याएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था रु.१,२५,०००। रहेको छ ।

    नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको लोहनीले बताए । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad