BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

यसरी बचाउनुस् मिर्गौलालाई

संसार न्यूज संवाददाताआषाढ २३, २०७५

हाम्रो शरिरलाई स्वस्थ्य र सक्रिय राख्नका लागि मिर्गौलाले फिल्टरको काम गर्छ । यसले रगतलाई सफा बनाउने काम गर्छ । त्यसैले मिर्गौलालाई बचाउनका लागि हामीले पनि सावधानी अपनाउन जरुरी छ । आउनुहोस् जानौ मिर्गौलालाई सुरक्षित र स्वस्थ्य राख्नका लागि के गर्ने ?
मिर्गौला स्वस्थ्य राख्न मूख्य भूमिका पानीले निभाउने गर्छ । पानी मिर्गौलाका लागि मात्र नभएर हरेक विमारका लागि फाइदाजनक हुन्छ । त्यसकारण हरेक समान्य व्यक्तिले प्रतिदिन गर्मी मौसममा ४–५ लिटर पानी पिउन सल्लाह दिन्छन् स्वस्थ्यविज्ञहरु । पानीले शरीरमा रहेको विषाक्त तत्वहरु पिसाब तथा पसिनाका माध्यमबाट बाहिर ल्याउने गर्छ । यसले पाचनतन्त्रको कार्य प्रणाली पनि चुस्त राख्न मद्दत गर्दछ । पानीले कब्जियतको समस्याबाट पनि बचाउछ । साथै पानीले शरीरको रक्त प्रवाहलाई सहि राख्ने काम गदै रगत बाक्लो हुनबाट पनि बचाउछ । नियमित पानी पिउनाले ब्लड प्रेसर पनि संतुलित बनाउछ ।
यदि तपाई खानामा दिनहुँ चिनी या नुनको अधिक प्रयोग गर्नुभएको छ भने यसले मिर्गौलालाई असर गर्दछ । यी दुवै चिजको अधिक प्रयोग गर्दा मिर्गौलाले सक्रियरुपमा कामगर्न सक्तैन । त्यसकारण मिठाइ, चक्लेट, केक, पेष्ट्री, जंकफुड, अचार, पापड, लगायतका चिजहरु कम मात्रामा प्रयोग गर्नु नै उत्तम हुन्छ । किन कि, यिनीहरुमा चिनीको मात्रा अधिक प्रयोग गरिएको हुन्छ । साथै च्याउ र दालको सेवन संतुलित मात्रामा नगर्नाले पनि समस्या देखिन्छ । किन कि, यसमा भरपुरमात्रामा प्रोटिन पाइन्छ । यी तत्वहरु शरीरका लागि अत्यन्तै जरुरी भएपनि धेरै सेवन गर्नाले युरिक एसिडको समस्या पनि देखिन्छ ।
त्यस्तैे हड्डि बलियो बनाउनका लागि दूधजन्य पर्दाथको सेवन अत्यन्तै जरुरी हुन्छ । तर, यसको ज्यादा प्रयोगले स्टोनको समस्या आउन सक्छ । यस्ता समस्याबाट छुट्कारा पाउनका लागि खानपानमा सन्तुलन हुन अत्यन्तै जरुरी छ ।
विभिन्न रंगका तरकारीहरु आफ्नो खानामा समावेश गर्नुहोस् । यिनमा पाइने एन्टिअक्सिडेन्टले मिर्गौलामा हुने संक्रमणबाट बचाउछ । साथै मादक पदार्थ तथा चुरोटबाट टाढै रहने कोशिष गर्नुहोस् । यी चिजहरुले लिवर तथा किड्नीलाई असर गर्दछ । यदि तपाईले दैनिकरुपमा सन्तुलित भोजन गर्नु भयो भने मिर्गौला सम्बन्धी समस्याबाट चिन्तित हुनु पर्दैन ।

यसमा पनि ध्यान दिनुहोस
यदि नियमित रुपमा कुनैपनि औषधि खानु भएको छैन भने तपाइको पिसाबमा कुनै पनि कलर देखिदैन । तपाइको पिसाब सफा हुनुपर्छ ।
यदी पिसाब थोरै–थोरै र रोकिएर आउने, ट्वाइलेट गइराख्न मन लाग्ने, पिसाब गर्नेक्रममा पोल्ने, खुट्टा सुनिने जस्ता लक्षण देखिन्छ भने तुरुन्तै डाक्टरलाई देखाउनुहोस् । यस्तो हुनु किड्नीमा समस्या भएकोे लक्षण हो ।
यदि कोही व्यक्तिमा डाइविटिज या उच्च रक्तचापको समस्या छ भने उसले चीनी तथा नुनको सेवन कम मात्रामा गर्नुका साथै वर्षको एकपटक किड्नीको जाँच गराउनु जरुरी हुन्छ ।

१३४ पटक
प्रतिकृया दिनुहोस्