BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    डियर जिन्दगी

    राज गुरुङ, सिड्नी अष्ट्रेलिया आषाढ २४, २०७५

    देख्न सक्ने छुन नसक्ने
    गगन कस्ले बनायो ?
    दुखिरहने छुन, देख्न नसक्ने
    मन कस्ले बनायो ?

    रुपरङ्ग आकार बिना,
    कसरी गरुँ बयान तिम्रो ?
    छुन सक्ने देख्न नसक्ने
    पवन कस्ले बनायो ?

    बार बार हजार बार
    मनमा एउटै प्रश्न उठ्छ
    झेल्न सक्ने बुझ्न नसक्ने
    जीवन कस्ले बनायो ?

    रोक्न नसक्ने छेक्न नमिल्ने
    आफ्नै गतिमा चलिरहने
    बलवान सत्य यो
    समय कस्ले बनायो ?

    देख्न सक्ने छुन नसक्ने
    गगन कस्ले बनायो ?
    दुखिरहने छुन देख्न नसक्ने
    मन कस्ले बनायो ?

    इति

     

    ४२९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad