BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    काभ्रेली समाज,जापानको अध्यक्षमा समीर टी.तामाङ

    संसार न्यूज संवाददाताआषाढ २४, २०७५

    टोकियो । काभ्रे, चौरी देउराली–८ बिर्ता देउराली निबासी समीर टी तामाङलाई सर्वसहमति अध्यक्षमा चयन गर्दै काभ्रेली समाज जापानको दोश्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

    आईतवार जापानको टोक्योको शिनओबुको स्थित सोलमरी हलमा सम्पन्न दोश्रो अधिबेशनमा बिभिन्न पेशा,ब्यवसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका काभ्रेलीहरुको साझा संस्था काभ्रेली समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।
    दोश्रो अधिवेशनले समीर टी तामाङलाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ भने बरिष्ठ उपाध्यक्षद्धयमा मन्जु गिरी र प्रकाश लामा तथा उपाध्यक्षहरुमा लनाम लामा, छोईसाङ लामा, देवराज उप्रेती, छेवाङ लामा महासचिवमा इन्द्र तामाङ, उपमहासचिवमा सम्झना लामा, सचिवमा प्रकाश भेटवाल, रामहरी गौतम, कोषाध्यक्षमा कुन्साङ थिङ, सहकोषध्यक्षमा देवेन्द्र योन्जन तथा सदस्यहहरूमा अखिल लामा, गोपाल थोकर, सुदीप तामाङ, शर्मिला लामा, निर्मला तामाङ, नीरज तामाङ, निर्मल बल तामाङ,बिजिता कान्छा मोक्तान,रंजित गौतम रहेका छन ।
    कार्यसमितिको अर्को बैठकले थप सदस्य मनोनित गर्ने गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

    काभ्रेका सफल व्यवसायी भुवन अधिकारीको प्रमुख आतिथ्यता र निबर्तमान अध्यक्ष मेख लामाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा समाजसेवी तथा व्यबसायि भुवन अधिकारीले काभ्रेली समाज जापानलाई थप सफलताको शुभकामना दिदैं अगामी दिनमा समाजको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता गरेका थिए
    त्यस्तै संस्थापक अध्यक्ष मेख लामाले छोटो कार्यकालमा काभ्रेली समाजले महत्वपूर्ण कार्यक्रम गरेको र भाबी दिनहरूमा पनि साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरेका थिए । नवनियुक्त अध्यक्ष समीर लामाले अब काभ्रेली समाजलाई अहिले सम्मको इज्जतलाई जोगाइरहने र कार्यसमितिलाई सबै जनाको सल्लाह अनुसार समेट्दै लैजाने बताए ।

    ३२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad