BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    ए साथी

    प्रकाश खनाल खोरिया, हेमिल्टन, ओहायो, युएसएआषाढ २५, २०७५

    ए साथी, बन सारथी समयको खैंची लगाम् हातमा
    यात्रा मोड़ नयाँ विकास तिरको संदेशका साथमा ।
    लौ लौ लाग छिटो विकास पथमा भन्दै अगाडी बड
    लागोस् लस्कर त्यो पछाडि सबको बीना कुनै गड्बड ।१।

    यस्तो सुद्ध बिचार लेउ अब लौ साथी संगाली कन
    खाली छैन यहाँ कुनै समयको यो हो सुनौलो दिन ।
    शिक्षा सीप सिकेर बुद्धि भरिलो विद्वान आफू बन
    दीक्षा देउ नयाँ समाज सबमा भलो चिताई कन ।२।

    यो बेला सपना सजाई विपना सिंगार्नलाई उठ
    बोकी जीवनका नवीन सपना छाती खुलाई जुठ ।
    को – को हो स्वरमा मिसाई रसिलो संगीत घोली कन
    कोकिल् बोल्छ बिहानका समयमा सारा जगाई कन ।३।

    छायो पूर्व दिशा विछिप्त रविले लाली छर्यो रातमा
    सङ्लो सुद्ध प्रवाह मन्द गतिको हावा चल्यो शीतमा।
    सन्ध्या होइन यो नवीन युगको प्रारम्भको काल हो
    केही गर्नु छ है मिलेर सबले आयो यही साल हो ।४।

    इति

    छन्दः शार्दूलवीक्रिडित

     

    २७८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad