BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    एक घण्टाभित्रै २ मन्त्रीद्धारा राजिनामा

    रासस-एएफपीआषाढ २६, २०७५

    २६ असार, लण्डन ।  बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् ।

    बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

    ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका छन् ।

    बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

    प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएकोे छ ।”

    प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्मा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ ।

    युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूको राजिनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

    इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँहरूको राजीनामा आएको हो ।

    ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिनुभएका अडानहरूबारेमा उहाँहरूको मतभेद पनि भएको बताइएको छ ।

    ब्रेजिक्टको बारेमा बेलायतमा भद्रगोलको अवस्था रहेको र प्रधानमन्त्री मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन् ।

    ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरूले भने उनीहरूको राजिनामाको स्वागत गरेका छन् ।

    प्रधानमन्त्री मेले राजिनामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिएका छन् ।

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad