BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    विश्वास लागेको छैन तिम्रो मृत्युको खबर

    मीना शर्माआषाढ २६, २०७५

    मेहनती, इमानदार र मिलनसार घनश्याम पराजुली ‘कृष्ण’ को निधनको दुखद् खबर अप्रत्यारिलो लागि रहेछ । तर सत्य स्वीकार गर्नै पर्दो रहेछ । केही दिन अघि उनी दुर्घटनामा परेको खबर सुने पछि अस्पतालमा समेत गएर भेटेका थियौँ । उनको अवस्था देख्दा र नर्सको कुराकानीका आधारमा निराश बनाएको भएपनि मनले भने उनी केही दिनमा सन्चो हुनेछन् भन्ने विश्वास थियो । तर दुर्भाग्य यो विश्वास आज टुटेको छ ।

    कतारमै रहँदा पनि ऐक्यबद्धताको देश संयोजकको रुपमा सघाएका थिए । १० वर्ष कतारमा बसेर आफ्नो रोजीरोटीका साथै पत्रकारितालाई समेत आफ्नो पेशा बनाएका उनी विदेशमा बसेर हुँदैन आफ्नै देशमा फर्कनु पर्दछ भन्ने ओटका साथ अब आफ्नै देशमा, आफ्नो परिवारसँग सँगै बसेर काम गर्ने भन्ने उद्देश्यले नेपाल फर्किएर आएको ६ महिना पनि भएको छैन । तर देशमै केही गर्छु भन्ने उनको अठोट अधुरै रह्यो ।

    उनले नेपाल आएर १ महिनामै कपडा पसल सुरु गरेका थिए । परदेशबाट फर्किएर स्वदेशमै केही गर्न लाग्न चाहने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक अंकमा यस्ता व्यक्तिहरुसँगको कुराकानी राख्ने गरेका छौँ । यसैशिलामा १ महिना अघि  उनीसँग कुराकानी गरेर ऐक्बद्धताको असार अंकमा उनको अन्तर्वार्ता राखियो । तर दुर्भाग्य उनले आफ्नो अन्तवार्ता पढ्न समेत पाएनन् । उनले आफ्नो व्यवसायलाई अझ राम्रो बनाउँदै लगेको समाचार पुनः छापेर विदेशीएका नेपालीलाई स्वदेश फर्काउन उनको उदाहरण प्रस्तुत गरेर उदाहरणीय व्यक्तिको रुपमा चिनाउने हाम्रो चाहना पनि अधुरै रह्यो ।

    मृत्यु एकमात्र सत्य हो, तर यति छिटो उनले यस संसारबाट बिदा लिएको खबर विश्वास लागेको छैन । तर स्वीकार्न बाध्य छौँ ‘अब तिमी यो संसारबाट सदासदाका लागि बिदा भैसक्यौँ’ । मृत आत्माको चिर शान्तिको कामना, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

    ३२५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad