BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    भानुजयन्तिलाई नेपाली भाषा र साहित्य दिवस मनाउने तयारी

    संसार न्यूज संवाददाताआषाढ २६, २०७५

    गैरआवासीय नेपाली संघको भाषा र साहित्य उपसमितिले यस वर्षदेखि भानुजयन्तिलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यो निर्णयलाई आइस (IES) ले अनुमोदन गरी ७८ वटै देशका एनआरएनए एनसिसिहरुलाई भानुजयन्ति नेपाली भाषा र साहित्य दिवसरुपमा मनाउनका अनुरोध गरीएको छ।

    एनआरएनका महासचिव डा बद्री केसीले हरेक देशका र स्थानका स्थानिय साहित्यिक र सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी नेपाली भाषालाई विश्वव्यापिकरण गर्नका लागि पत्राचार गरिएको कुरा जानकारी गराए अनुसार अनुसार भाषा र साहित्य उपसमिति उत्तरी अमेरिकाका सहसंयोजक डा गोबिन्दसिंह रावतको संयोजनमा गैरआवासीय नेपाली संघ क्यानडा, नेपाली साहित्य समाज क्यानडा र टोरोन्टो स्पोर्ट्स क्लबले संयुक्त रुपमा मनाउने निर्णय भएको जानकारी गराइएको छ ।

    आदिकविको जन्म जयन्तिसँगै अन्तराष्ट्रिय नेपाली भाषा र साहित्य दिवस मनाउने कार्यक्रमलाई सफल बनाउन साहित्य स्रष्टाहरुलाई आफ्नो काव्य रचनासहित र साहित्य प्रेमी श्रोताहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाई दिन भानु जयन्ती समारोह समितिले अनुरोध गरेको छ । यसैगरि सो अबसरमा सधै झैँ गर्दै आएको मैत्रीपुर्ण फुटबल खेल पनि आयोजना गरिएको हुँदा आफनो काव्य रचना र खेलाडिको रजिस्ट्रेसनको लागि उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    कार्यक्रमको बिबरण

    मिति: जुलाई १४ तारिक, २०१८
    समय: बिहान ८ बजे देखि
    स्थान: Dentonia Park, 80 Thyra Ave, Toronto, ON (Just west side of Victoria Park Subway, Toronto).Parking: A few parking spots are available at Dentinia Park and over 50 vehicles can park at 5 Massey Square, Toronto, Ontario (visitor’s Parking)

    १३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad