BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    यसरी बचाउन सकिन्छ डलर अमेरिकामा

    सानुबाबु सिल्वाल, अमेरिकाआषाढ २७, २०७५

     रुखमा डलर फल्ने भ​ए बिहानै कुखुरी नबास्दै श्रमका लागि दौडिनु पर्ने ज्यान आधा रातमा नभै घर वा एपार्टमेन्ट फर्किनु पर्ने बाध्यताको साटो रुख डलर ओइरिने रुख किन्न मानिस हानथाप गर्थे होलान तर भने जस्तो सुने जस्तो र गफ र गुड्डी हाँके जस्तो सहज छैन अमेरिकामा डलर कमाउन र बचत गर्नका निमित्त​ ।

    कति जति डलर तिर्ने गर्नुभ​एको छ लगभग मासिक टेलिफोन​, बिजुलि, बत्ति, पानि,टीभि, फोहोर​, लन्ड्री एबम अति आबश्यक बस्तु एबम सेवा प्रयोग गरे बापत अमेरिकामा ? कति जति खर्च जति लाग्ला तपाइ एबम तपाइको परिवारका लागि ग्रोसरि, लत्ताकपडा, जुत्ता, गाडी, पेट्रोल एबम मर्मत सम्भार र बिमामा मासिक ​? यत्ति मात्रै कहा हो ?

    स्वास्थ्य बिमा, जिवन बिमा, कर एबम अन्य तिरनतारनमा कति डलर खर्च होला तपाइको एबम तपाइका परिवारको  ?श्रमबाट आर्जित तनाखा, तलब​, ज्याला, आम्दानि एबम कमाइ जहा पसिना र खुन बगेको हुन्छ जसको प्राप्तिका निमित्त त्याहा माया र महत्व एबम त्यत्तिकै लोभ पनि उत्तिकै। भने जस्तो रुखमा डलर फल्ने भ​ए बिहानै कुखुरि नबास्दै श्रमका लागि दौडिनु पर्ने ज्यान आधा रातमा नभै घर वा एपार्टमेन्ट फर्किनु पर्ने बाध्यताको साटो रुख डलर ओइरिने रुख किन्न मानिस हानथाप गर्थे होलान तर भने जस्तो सुने जस्तो र गफ र गुड्डी हाके जस्तो सहज छैन अमेरिकामा डलर कमाउन र बचत गर्नका निमित्त​।

    कमाएको दुखि डलर कमाउन जति कठिन छ खर्चिन वा हातबाट फुत्किन चाहि सजिलो छ भन्दा भयो। मतलब एक ढोकाबाट स्लो गरि आउछ र अर्को ढोकाबाट चाहि फुत्त निस्कन सहज छ डलर​।

    अमेरिकामा अरुबाट अपेक्षा गर्नु भनेको मुर्खता हो। आफुले आफ्नै लागि आफैद्वारा र आफ्नै पौरखमा केहि गरे केहि हुनेछ नत्र अमेरिका मात्रै भनेको भरमा गम्भिर नहुदा कुकुरले नपाउने दुख भोग्नु पर्ने हुनसक्दछ​। त्यसैले खर्चालु बनेर अरुको आखामा एक दिन बठ्याइ र महान बन्ने आत्मरतिबाट मुक्ति भै किफाइयति बनौ र सेभिङ्ग गर्ने कला सिकौ र आर्थिक सेभिङ्ग गरि फाइनान्सियल फ्रिडममा बाच्न सिकौ।

    कमाउने ५ डलर तर खर्चिने ६ डलरले तपाइको आर्थिक ब्यबस्थापन डामाडोल हुने गर्दछ र अमेरिकामा वर्किङ्ग क्लासका नेपालि समुदायको हालत र अबस्था यहि नै हो पे चेक टु पे चेक अर्थात तनाखा बुझेकै दिन झर्यामझुरुम हुने गर्दछ कमाइ। बुद्दिमानि भनेको कमाउने ५ डलर र खर्च चाहि ३ डलरसम्म गर्दा तपाइको सेभिङ्ग हुने २ डलर तपाइको भबिश्यको हिरामोति भन्दा हुन्छ अर्थात नसक्दा र अबकाशका समय र केहि गरौ भबिश्यमा भन्दा सिड मनिको बचत पनि।

    तर​, कमाएर सेभिङ्ग चाहि कसरि हुन्छ तर यो पे चेक टू पे चेक बाचिरहेका वर्किङ्ग क्लासका श्रमजिविहरुको लागि ठुलो चुनौति हो भनेर बुझे हुन्छ​। अमेरिकि जिवनशैलि, महङ्गो जिवन दैनिकिमा कमाएको रकमबाट केहि बचत गर्दछु भन्ने चुनौति हुदाहुदै पनि आर्थिक ब्यबस्थापन र बुद्दिमानि खर्च गर्ने ब्यबहार र शैलि एबम बचत कलाले तपाइलाइ आर्थिक सकस र समस्याबाट पिस अफ माइन्ड मिल्न सक्दछ​। तर कसरि ?

    घरमा फोन​, टिभि, इन्टरनेट​, सेल फोन बन्डल सिस्टममा जानुहोस अर्थात एकै कम्पनिबाट एउटा भाउदरमा यि सबै सेवा लिनुहोस यसबाट तपाइको मासिक हेर्दा थोरै रकम बचत देखिने भ​एपनि बार्षिक रुपमा हेर्दा ठुलै रकम सेभिङ्ग हुने रहेछ​। यस्ता सेवाहरु ति कम्पनिहरुका सेल वा डिस्काउन्ट अफर समय छान्ने र बुझ्ने काम मात्रै गर्नु भयो भने ति सेवाहरुको इन्स्टलिङ्ग, इक्विपमेन्ट र केहि महिना वा लगभग २ बर्षसम्मका लागि भारि छुट पाउन सक्नु हुनेछ​।

    अब ग्रोसरि हप्तामा एक चोटि गर्नु होला जसबाट पत्रिका वा स्वयम ति सपिङ्ग सेन्टरका सेल अफर वा डिस्काउण्ट समय र कुपनहरु खोजि गर्दा महिनामा तपाइले मनग्गे रकम बचत गर्न सक्नु हुनेछ​।

    तपाइको इन्सुरेन्स कम्पनि जहा अटो इन्सुरेन्स​, लाइफ इन्सुरेन्स​, पर्पटि इन्सुरेन्स आदिका लागि एउटै कम्पनि छान्न्नु भ​एमा राम्रो सयुक्त अफर पाउनु हुनेछ र यसमा पनि तपाइले रकम बचत गर्न सक्नु हुनेछ​।  गाडीको तेल​, पेट्रोलका लागि आफु वा परिवारको रुटिङ्ग मिलाउनुहोस जसबाट अधिकतम खपतलाइ कटौति गर्न सक्नु हुनेछ​।

    अमेरिकामा साप्ताहिक सेल​, यार्ड सेल​, फारमर हाटबजार​, फ्लि मार्केट वा डिस्काउण्ट सपिङ्गमा आखा लगानुहोला जहा तपाइले सोच्दै नसोचेका महङ्गा चिज पनि सस्तो भाउमा प्राप्त गर्न सक्नुहुनेछ​।

    खाना, भान्सा र मरमसलाका लिस्ट बनाउनुहोस र साप्ताहिक खानाको प्लान गर्नुहोस जहा तपाइले मनग्गे डलर सेभिङ्ग गर्न सक्नु हुनेछ​। जुत्ता,लत्ताकपडा वा घरायसि सरसामान एबम सेवाका लागि सपिङ्ग सेन्टर​, ग्रोसरी सेन्टरका मेम्बरसिप लिनुहोला जसबाट तपाइले रेगुलर ग्राहक लोयल्टि प्राप्त गरि थुप्रै रकम सेभिङ्ग गर्न सक्नुहुनेछ​। पार्टि भोज एभोइड गर्नुहोस्द सकेसम्म र अस्वस्थकर खाना, ड्रिन्ङ्कहरु खरिदमा आफुलाइ बन्देज लगानुहोस जसबाट तपाइको स्वास्थ्य त बच्यो नै रकम पनि बचत हुने भयो।

    सकेसम्म काम चल्ने खालकै भ​ए नया सामान किन्ने, नया गाडी किन्ने काम गर्दै नगर्नुहोस युज्ड अर्थात सेकेन्डहेन्ड सामान किनेर काम चल्छ भने त्यहा बचत हुनसक्ने रकम अकल्पनिय नै हुन्छ​।

    सपिङ्ग गर्दा, खर्च गर्दा र आबश्किय बस्तुहरुको सेवा प्राप्त गर्दा एउटा वाइजम्यान वा वाइज लेडिको रुपमा आफुलाइ प्रस्तुत गर्नुभयो भने तपाइले कमाएको र तपाइको पे चेकको महत्वपुर्ण अश सेभिङ्ग भै भबिश्यमा तपाइल​ऐ आर्थिक सकटबाट मुक्ति दिने र फाइनान्सियल पिस प्राप्ति हुनेछ​। अलि अलि कमाउन थालेपछि मानिसको जात मात्तिन थाल्दछ तर भबिश्य हेर्दैन​। अमेरिका हो कमाइ हालिन्छ नि भन्ने दम्भ र मनमस्ति सोचले भोलि गर्न नसक्दा, काम नहुदा र भबितब्यमा साहार बिहिन र कौडिबिहिन हुन रत्तिभर पनि लाग्ने छैन​।

    अमेरिकामा अरुबाट अपेक्षा गर्नु भनेको मुर्खता हो। आफुले आफ्नै लागि आफैद्वारा र आफ्नै पौरखमा केहि गरे केहि हुनेछ नत्र अमेरिका मात्रै भनेको भरमा गम्भिर नहुदा कुकुरले नपाउने दुख भोग्नु पर्ने हुनसक्दछ​। त्यसैले खर्चालु बनेर अरुको आखामा एक दिन बठ्याइ र महान बन्ने आत्मरतिबाट मुक्ति भै किफाइयति बनौ र सेभिङ्ग गर्ने कला सिकौ र आर्थिक सेभिङ्ग गरि फाइनान्सियल फ्रिडममा बाच्न सिकौ।

    ३५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad