BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

 नेवानिले पुराना जहाज नउडाउने

संसार न्यूज संवाददाताआषाढ २७, २०७५

२७ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि) ले अबको दुई वर्षपछि पुरानो जहाजबाट उडान नगर्ने उद्घोष गरेको छ । नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई नयाँ उचाइमा लैजाने योजना रहेको बताएका छन् । उनले भने, ‘अबको दुईवर्षभित्र पुराना सबै विमान बिक्रि गरेर नयाँ मात्र संचालन गर्ने हाम्रो नीति छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
नेवानिसँग रहेका दुईवटा बोइङमध्ये एउटा १५ करोड रुपैयाँमा विक्रि भइसकेको छ । अर्को बोइङ पनि बिक्रिका क्रममा छ । अर्को बोइङ बिक्रिका लागि मूल्य निर्धारण गर्न भन्दै नेवानिले परामर्शदाता छनौट गरिसकेको पनि कंसाकारले बताए ।

८९ पटक
प्रतिकृया दिनुहोस्