BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

नेपाली कांग्रेसका कारण संसद्का १५ समिति अन्योलमा

संसार न्यूज संवाददाताआषाढ २७, २०७५

२७ असार, काठमाडौं । संसदीय समिति गठन अघि नै समितिको नेतृत्व भागबण्डा टुंगो लाग्नुपर्ने नेपाली कांग्रेसको अडानका कारण संघीय संसद्का १५ वटा समिति गठन अन्योलमा परेको छ ।
संघीय संसद्का १६ समितिमध्ये संसदीय विशेष सुनुवाई समिति गठन भइसके पनि प्रमसख प्रतिपक्षी कांग्रेसले अन्य १५ समिति गठनका लागि नेतृत्व भागबन्डा टुंग्याउनुपर्ने अडान राख्दै नाम नदिँदा अझै केहिदिन गठन प्रक्रिया लम्बिने भएको आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिनिधिसभा र राष्ट्रियभिाको संयुक्त समिति बनाउने विषयमा राजनीतिक सहमतिमा नै समिति बनाउन लागेका सभामुख कृष्ण बहादुर महराका अनुसार सहमति नजुट्दा समिति गठन रोकिएको हो ।

१२२ पटक
प्रतिकृया दिनुहोस्