BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    गजल ७१

    गणेश घिमिरे, पर्थ अष्ट्रेलियाआषाढ २७, २०७५

     

    एक टुक्रा ब्रेडसँग अलिकती जामसँग
    यी पाखुरा साँटेको छु मैले फलामसँग

    मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला
    बिन्ती भाउ गरेको छु एउटा खामसँग

    पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु
    जूनलाई नलुकाउन भनेको छु घामसँग

    सास फेर्दा मुटु दुख्दा बिर्सिएला भन्ने डरले
    राखेकोछु जोडाएर उनलार्इ मेरो नामसँग

    बा आमा र अरु आफ्ना छातिभित्रै बसेका छन्
    भगवानलाई दाजेको छु मैले गर्ने कामसँग ।

    इति

    गजलकार घिमिरे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सचिव हुन् ।

    २२८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad