BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    ट्रम्पका मनपर्ने साथी जोनसनले दिए राजीनामा

    संसार न्यूज संवाददाताआषाढ २७, २०७५

    २७ असार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।

    उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताए ।

    ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन साथी भएको र उको लागि धेरै मनपर्ने नेता भएको बताएका छन् ।

    जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए ।

    दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो । (रासस/एएफपी)
    –––

    २७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad