BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    छुवाछुतमा कुटपिट गर्नेलाई जेल सजाय

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    फाइल फोटो

    २८ असार, जनकपुर । पानी छोएको निहुँमा महोत्तरीका विश्वकर्मा आमाछोरीलाई कुटपिट गर्ने दुईजनालाई अदालतले जेल सजाय सुनाएको छ । महोत्तरीको बर्दिबास ४, भब्सी टोलका ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनीषालाई पानी छोएको निहुँमा कुटपिट गर्ने स्थानीय कमला गिरी र रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीका न्यायाधिश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल सजाय सुनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
    कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना र दाहाललाई २ महिना कैद तोकिएको छ । असार २४ गते अदालतले दुबैसित १० हजार जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति सहित कैद सजायको फैसला सुनाएकोहो ।

    ४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad