BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    अबदेखि दिउँसोमा टिपर चलाउन नपाइने

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    २८ असार, काठमाडौ । ललितपुर र भक्तपुरमा दिउँसोको समयमा टिपर र हेभी गाडि सञ्चालनमा आशिंक रोक लगाउने निर्णय गरिएको छ । गृह मन्त्रालयले बुधबार तीनै जील्लाका जिल्ला प्रशासन कार्यलय र ट्राफिक व्यवस्थापन महाशाखालाई पत्राचार गर्दै विहीबार देखि दिउँसो र विहानको ‘पिक आवर’ मा टिपर र ठूला गाडि सञ्चालनमा रोक लगाउने निर्देशन दिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
    गृहको निर्देशनलगत्तै टिपर बढी सञ्चालन हुने भक्तपुरको जगातेदेखि नै आशिंक रोक लगाईएको ट्राफिक व्यावस्थापन महाशाखा प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानाकारी दिए । यसअनुसार बिहान ८ देखि १२ बजे र दिउसो ३ देखी राती ८ बजेसम्म टिपर एवंम ठुला मालवाहक गाडि चलाउन पाईने छैन । निषेध गरिएको समयमा टिपर वा ठूला मालवाहक गाडि चलाएको पाइए कब्जामा लिएर कारबाहि गरिने मैनालीले बताए ।

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad