BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    ५० करोडको खानेपानी आयोजनामा २५ करोड अनियमितता

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    २८ असार, काठमाडौ । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्धारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
    अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुर भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनौटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad