BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    ४० लाख जनता मोबाइल बैंकिङको पहुँचमा

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    २८ असार, काठमाडौं । नेपाल मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या ४० लाख पुगेको छ ।
    बैंकहरुले मोबाइल बैंकिङ कारोबारलाइ प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५\ ७६ का लागि बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यो तथ्यांक उल्लेख छ । तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या ४० लाख र इन्टरनेट बैंकिङ ग्राहको संख्या सात लाख ८४ हजार पुगेको आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।
    मौदि«क नीतिअनुसार अहिलेसम्म बैंकले ५२ लाख ३५ हजार डेबिट कार्ड र ९७ हजार क्रेडिट कार्ड जारी गरेको छ । बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो समयमै ठुलो संख्यामा ग्राहक तानिएका छन् । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपुर्ण माध्यमका रुपमा हेरिएको मोबाइल बैंकिङमा जुन रुपले ग्राहक बढिरहेका छन् त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने बैंकहरुको भनाइ छ ।
    ‘यो तथ्यांकले अबको बैंक भनेको मोबाइल बैंकिङलाई देखाएको छ ’, नेपाल बैंकर्ससंघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको आउने अध्याय हो । यसलाइ सबै बैंकले अँगाल्न जरुरी छ । बिस्तारै मान्छे क्यासलेसमा विश्वास गर्न थालेका छन् ।’

    ९३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad